महोत्तरीकी गौरी भइन उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री

banner

बर्दिवास, २७ चैत । महोत्तरी जिल्लाकी गौरी कुमारी यादवले एदोग, वाणिज्य तथा आपुर्ति मन्त्रीको सपथ लिएकी छन् । उनी महोत्तरी जिल्ला निर्वाचन क्षेत्रनं. ४ बाट रास्वपाबाट निर्वाचित सांसद हुन् ।

यसअघि महोत्तरी –२ बाट निर्वाचित सांसद दीपककुमार साह श्रममन्त्रीलाई बर्खास्त गरिएको थियो । प्रधानमन्त्री बालेनको गृह जिल्लासमेत रहेको महोत्तरीले गुमाएको श्रममन्त्री पद आजै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रीका रूपमा गौरीलाई पाएको हो । व्यक्ति फेरिए पनि मन्त्रिमण्डलमा महोत्तरीको प्रतिनिधित्व यथावत रहेको छ ।

यससंगै प्रधानमन्त्री बालेनको सिफारिसमा राष्ट्रपति रामचन्द्र यादवले रामजी यादवलाईसमेत श्रममन्त्रीको सपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार