
काठमाडौं, २८ वैशाख । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । स्तानाबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने ।
अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी(वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए ।

