सांसद कार्कीमाथिको आरोपबारे संसद्‌लाई जानकारी गराउन माग

banner

काठमाडौं, ५ जेठ । प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे संसद्लाई जानकारी गराउन माग गरेकी छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सांसद केसीको नाम नलिइ नाइजेरियन महिलाले आफूलाई गर्भवती बनाएर सांसद बेपत्ता भएको भन्दै खोजी गरिरहेको बताइन् ।

‘एक नाइजेरियन महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित सांसद सम्पर्कविहीन भएको भन्दै सडकमा न्याय खोजिरहेकी छन्,’ उनले भनिन्, ‘एउटा विदेशी महिलालाई प्रेम जालमा फसाउने, भावनात्मक ब्ल्याकमेल र जालझेलमा पारेर फसाएर अलपत्र पार्ने जनप्रतिनिधिले आफ्नो राष्ट्रको नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ?’

उनले नारीको मनमा गम्भीर प्रश्न उठेको बताइन् ।‘“पीडित महिलाले न्याय पाउनुपर्छ । दोषी भए कारबाही हुनुपर्छ । सरकारसँग यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन माग गर्दछु,” उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार