पतिको बिबाहेत्तर सम्वन्धले गयो रिंकुको ज्यान

banner

बर्दिवास, ३० जेठ । संसारकै सबैभन्दा नजिकको नाता भनेको पतिपत्नीको मानिन्छ । कसैले यसलाई दुई शरीर एक ज्यान पनि भन्ने गरेका छन् । तर, जब यही सम्वन्धमा दरार आउँछ तब ठूलो भूकम्प आउनु निश्चित हुन्छ । यस्तै भएको छ बर्दिवास –१२ का शशी सिंह र रिंकुकोे जीवनमा । रिंकु सदाका लागि अस्ताएकी छन् भने शशीको हिरासतको वास भएको छ ।

शशीकी पत्नी २५ वर्षीया रिंकुको हत्या हो कि आत्महत्या त्यो अनुसन्धान गर्ने निकायले पछि निक्र्यौल गर्ला, दुवै अवस्थामा शशीको भने अबका दिन कारागारको वास लगभग निश्चित छ । रिंकु आफ्नै घरको दोश्रो तलामा झुण्डिएको अवस्थामा शुक्रबार साँझ फेला परेपछि बर्दिवास –१२ को त्यो सिंगो टोल अशान्त बन्यो । रिंकुका आफन्तले शशीको घरका समान तोडफोड गरे गाडी जलाए… । आफन्तको आक्रोश शान्त पार्न प्रहरीलाई धौ धौ पर्यो ।

केही वर्षदेखि पति शशीको बाहिर अफेयर चलेकामा रिंकुको मन अशान्त थियो । उनले माइती पक्षलाई पनि यो विषयको जानकारी गराएकी थिइन । शशी रिंकुलाई जसरी पनि अलग गर्न चाहन्थे । त्यसका लागि उनले अकेन प्रलोभन वा आश्वासन दिएको माइती पक्षले जनाएको छ । भारत, बिहारकी एक युवतीलाई उनी पत्नी बनाएरै भित्र्याउन चाहन्थे त्यसको बाधक बनेकी थिइन रिंकु ।

प्रहरीले शशीलाई शुक्रबारै अवेर रात पक्राउ गरेको हो भने शनिबार उनका परिवारका थप ३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

एक ६ वर्षीया बच्चाको आमा पनि भएकाले कुनै हालतमा घर नछाड्ने रिंकुको अडान रहेको बताइएको छ । उनी हालतमा घर छाड्न र सम्वन्धविच्छेद गर्न नचाहने शशी जसरी पनि उनलाई अलग्याउन खोज्नुनै रिंकुको मृत्युको कारण रहेकामा अलमल नरहेको स्थानीयको कथन छ । शुक्रबार घरमा शशीका बहिनी र ज्वाई पनि आएका र यही विषयमा कुरा हुँदा रिंकुमाथि कुटपिट पनि भएको बताइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार