शनिबार मध्यरातदेखि आइतबार मध्यरातसम्ममा विश्व फटबलका ५ खेल हुँदै

banner

बर्दिवास ३० जेठ । अहिले विश्व फुटबलको महाकुम्भ चलिरहेको छ । यसमा आज शनिबार मध्यरातसम्म विश्व कप फुटबलका ५ खेल हुँदैछन् । फुटबल विश्व कपमा २४ घण्टामा ५ खेल हुने बिरलै हुन्छन् ।

सबैभन्दा पहिला अहिले नेपाली समय अनुसार १२.४५ मा पहिलो खेल एशियाली राष्ट्र कतार र स्विटजरल्याण्डबीच हुँदैछ । यो समूह ‘बी’ अन्तर्गतको खेल हो यो समूहमा क्यानाडा र बोश्निया–हर्जभोभिनासमेत छन् । अर्को खेल नेपाली समयअनुसार ३.४५ मा हुनेछ । यो खेल ब्राजिल र मोरक्कोबीच हुनेछ । ब्राँजिल र मोरक्कोबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अर्को खेल हाइटी र स्कटल्याण्डबीच नेपाली समयअनुसार आइतबार बिहान ६.४५ मा हुनेछ भने अर्को अष्ट्रेलिया र टर्कीबीचको खेल आइतबारै बिहान ९.४५ वजे हुनेछ । आइतबारै जर्मनी र क्रोशियाबीचको पनि रहेको छ । यो खेल नेपाली समयअनुसार राति १०.४५ वजे शुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार