
बर्दिवास, ३१ जेठ । विश्वकप फुटबल २०२६ को समूह ‘बी’को पहिलो खेलमा बलियो प्रतिद्वन्दी स्विटजरल्याण्डलाई बराबरीमा रोक्दै कतारले इतिहास रचेको छ । लगभग हार नजिक पुगेको कतारले अन्तिम समयमा नाटकीय ढंकले गोल गरेपछि इतिहास रचेको हो । विश्वकप फुटबल इतिहासमा कतारको यो पहिलो अंक हो ।
निर्धारित ९० मिनेटको खेल सकिएर थपिएको ६ मिनेटको इन्जुरी समयको चौथो मिनेटको कतारी डिेन्डर बुआलेम खुखीले नाटकीय गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको थियो । २०२२ मा पहिलो पटक विश्वकप खेलेको कतारले सेनेगलविरुद्ध एक गोल गरेपनि खेल हार्दा अंक पाउन सकेको थिएन । सो समय कतारले समूह चरणका तीनै वटा खेल हारेर प्रतियोगिताबाट बाहिरिएको थियो ।
यसअघि खेलको १७ औं मिनेटमा कतारले गोलकिपर महुमद अबुनादाले डि–बक्सभित्र स्विटजरल्याण्डका खेलाडीलाई लडाएपछि स्विटजरल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । सो अवसरलाई ब्रेयर एम्बोलोले गोलमा परिण गर्दै स्टिजरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा स्विटजरल्याण्डले आक्रामक खेल खेल्दै थुप्रै अवसर जुटाए पनि गोलमा रुपान्तरण गर्न सकेको थिएन ।
दोश्रो हाफमा स्विटजरल्याण्ड रक्षात्मक रणनीतिमा मैदान आर्लिदा कतारले गोलको अवसर पाएको हो ।
