प्रियंकाले १८ वर्षकै उमेरमा मिस वल्र्डको ताज जितेपछि . . .

कला/साहित्य

prinka_chop_o7m1n9lvf3-400x220

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाको जीवन एक मिसाल जस्तो छ । उनले १८ वर्षमा मिस वर्ल्डको ताज जितेकी थिइन् । ताज जितेको अहिले २० वर्ष पूरा भइसकेको छ ।

मिस वर्ल्डको यात्रादेखि अहिलेसम्म उनको जीवनमा थुप्रै उतारचढाव आएका छन् । तर, हरेक समय उनी विजेताको रुपमा अगाडि आउन सफल भएकी छन् ।

२० वर्ष अगाडि ९२०००० मिस वर्ल्डको ताज जितेको समयको भिडियो प्रियंकाले अहिले सार्वजनिक गरेकी छन् । भिडियोमा शिरमा ताज देखेर प्रियंका खुसी भएको समेत देख्न सकिन्छ । भिडियो उनले आफू विजेता बन्दाको हर क्षण भाइ तथा आमासँग सेयर गरेको समेत देख्न सकिन्छ ।

प्रियंकाले ताज जितेको समय उनकी आमा खुसी र हैरान समेत थिइन् । त्यसैले छोरीलाई बधाई दिएर उनले भनेकी थिइन् ‘बेब अब तिम्रो पढाइ के हुन्छ रु’
प्रियंकाले भिडियो सेयर गर्दै लेखेकी छन् ‘त्यतिबेला म १८ वर्षको थिएँ । जुनबेला मैले मिस वर्ल्ड जितेको थिएँ । जब भीडको बीच मैले पहिलो पटक आमासँग भेटेँ तब मेरी आमाले मलाई सोधिन् ‘बेब अब तिम्रो पढाइ के हुन्छ रु’
सो समय प्रियंकाको इन्जिनियर बन्ने सपना रहेको थियो । त्यसका लागि उनले कलेज भर्ना समेत भएकी थिइन् । मिस वर्ल्ड बनेपछि उनलाई फिल्मको अफर आउन लाग्यो । त्यसपछि उनले पढाइ छोडदिइन् ।

फिल्मको कुरो गर्ने हो भने प्रियंका छिट्टै ‘द ह्वाइट टाइगर’मा देखिँदै छिन् । फिल्ममा उनको साथमा राजकुमार रावको समेत अभिनय रहने छ । हालै फिल्मको फष्टलुक समेत बाहिर आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार