कंगनाविरुद्ध उजुरी दर्ता गर्न आदेश

कला/साहित्य

kangana_jcocluuuuu-768x432

 

एजेन्सी । मुम्बईको बान्द्रा अदालतले बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध साम्प्रदायिक घृणा फैलाएको अभियोगमा एफआईआर दर्ता गर्न आदेश दिएको छ । अदालतमा दर्ता भएको उजूरीमा कंगनाको ट्वीट उच्छृङ्खल भएकाले उनीविरुद्ध एफआईआर दर्ता हुनुपर्ने माग गरिएको थियो ।

मुुन्ना बराली र साहिल असरफ सैयदले उनीविरुद्ध अदालतमा उजूरी दर्ता गरेका थिए । उजूरीमा कंगनाको ट्वीटरमार्फत हिन्दुु–मुस्लिम समुदायमा झगडा गराउने कोसिस गरेको उल्लेख छ । त्यस्तै, बलिउडलाई निरन्तर बदनाम गरेको आरोप पनि कंगनामाथि लागेको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि टेलिभिजनसम्म कंगनाले बलिउडविरुद्ध अभिव्यक्ती दिइरहेकी छिन् । उनले भाइ–भतिजावाद र फेवरेटिज्ममा बलिउड अडिएको दाबी गरिरहेकी छिन् ।

यस विषयलाई ध्यानमा राख्दै बान्द्रा अदालतले कंगनाविरुद्ध एफआईआर दर्ता गर्ने आदेश दिएको हो । कंगना आफ्ना ट्वीट र बयानलाई लिएर प्राय विवादमा आइरहन्छिन् ।

यस विषयमा यसअघि उजूरी दर्ता गर्न उजूरीकर्ताहरु बान्द्रा प्रहरी चौकी पुुगेका थिए, तर प्रहरीले कंगनाविरुद्ध रिपोर्ट दर्ता गर्न मानेको थिए । त्यसपछि उजुरीकर्ताहरु अदालत पुुगे ।

अब सिआरपीसीको धारा १५६९३० अन्तर्गत कंगनाविरुद्ध एफआईआर दर्ता हुनसक्छ । यसपछि कंगनासँग सोधपुछ हुनेछ । यदी उनीविरुद्ध प्रमाण भेटिएमा उनको गिरफ्तारी हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार