पानीको फोका २ म्यूजिक बजारमा (भिडियोसहित)

कला/साहित्य

paniko-phoka-400x220

काठमाडौं । लक्ष्मी बर्देवा र जीवन भट्टराईद्वारा निर्देशित म्यूजिक भिडियो पानीको फोका २ सार्वजनिक भएको छ । पानीको फोका जस्तै फूट्यो हाम्रो माया गीतको सफलतापछि सोही समूहद्वारा तयार पारिएको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

डा. राजुबाबु श्रेष्ठ रचनाकार रहका गीतको संगीत हरि लम्सालले गरेका हुन् । रजिना रिमालको स्वरमा सजिएको यो गीतको संगीत संयोजन किरण कडेलले गरेका हुन् ।

यूट्यूवमा सार्वजनिक भएको एकैदिन ९३ हजार दर्शकले हेरिसकेको यो गीत संगीत प्रेमीहरुको रोजाईमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार