‘तिमीसित माया गर्दा’ चर्चामा (भिडियोसहित)

कला/साहित्य

laxmi_4ubtn8mtbd-400x220

काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवा अभिनित म्युजिक भिडियो अहिले ‘तिमीसित माया गर्दा’ चर्चामा छ । भिडियोमा लक्ष्मीको जोडी जीवन भट्टराई बनेका छन् । म्युजिक भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ । लक्ष्मी र जीवनको अभिनयले गीतलाई जीवन्त तुल्याएको छ ।

गायक रोशन राई र गायिका मेलिना राईको स्वर रहेको यो गीतमा रमेश नामहाङ्गको शब्द तथा संगीत छ । कन्सेप्ट तथा निर्देशन कलाकार लक्ष्मी र जीवनको रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार