के केकी अधिकारीले गुपचुप बिहे गर्दै ?

कला/साहित्य

keki_adhikari

काठमाडौं । धेरै कलाकारहरू छन्, जो आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन हिच्किचाउँदैनन् । ‘फलानोले गरिन् प्रेमी सार्वजनिक’ भन्ने टाइपका समाचारहरूसँग पाठक अभ्यस्त नै छन् ।

यस मामलामा फरक छिन् नायिका केकी अधिकारी । लामो फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक चर्चामा आएनन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता उनको छ । यस्ता विषयमा उनी मिडियासँग कहिल्यै खुलिनन् ।

यसैबीच, आज अचानक केकीले गुपचुप विवाह गर्न लागेको हल्ला भुसको आगो झैं फैलिएको छ । पुष्टि भने हुन नसकेको हल्लाअनुसार केकी आजभोलि नै एकदमै गोप्यरूपमा विवाहवन्धनमा बाँधिन लागेकी हुन् ।

केकीनिकट एक अभिनेत्रीले भनिन्, ‘उनले पहिल्यैदेखि आफ्नो विवाह गोप्य तरिकाले गर्ने चाहना व्यक्त गर्थिन् । भोलिपल्ट फोटो आएपछि थाहा भयो भने पनि चित्त नदुखाउनु भन्थिन् । यदि आजै विवाह हुन लागेको हो भने भोलि फोटो आइहाल्छ । त्यतिञ्जेल प्रतीक्षा गर्नुस ।’

केकी कसैसँग रिलेसनसीपमा भए(नभएको विषयमा पनि उनले खुलाउन चाहिनन् ।

‘उनी हामीजस्तो आफ्नो प्राइभेट लाइफमा पनि बाहिर फतर-फतर गर्दै हिँड्ने कलाकार होइनन् । उनको प्राइभेसीको हामीले सम्मान गर्नुपर्छ,’ उनले भनिन् ।

हामीले केकीका बुबा निर्देशक बद्री अधिकारीसँग पनि बाहिर चलेको चर्चाका विषयमा जिज्ञासा राख्यौं । उनले न स्वीकार गरे, न अस्वीकार ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार