सेयर बजारमा सुधार, ९५.६४ अंकले बढ्यो नेप्से

अर्थ/बाणिज्य

share-market

काठमाडौं । निरन्तर घटिरहेको सेयर बजारमा आज सुधार देखिएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत मनोनयन दर्ताको पहिलो दिन नेप्से परिसूचक ९५.४६ अंकले बढेको छ ।

४।११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २४२०।९१ बिन्दुमा पुग्यो छ । २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५ सयको सेयर कारोबार भएको छ । भने २ सय ३८ वटा कम्पनीको ६६ लाख ३९ हजार ५ सय ४ कित्ता सेयर किनेबेच भएको छ ।

३६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार