यी क्षेत्रमा वर्षाको सम्भावना

समाचार

barsha

काठमाडौं । पहाडी भूभागमा स्थानीय वायु प्रभाव रहेको छ । बिहान प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार