भर्जिनियामा कुन्तीदेखि प्रकाशले दर्शक नचाए

कला/साहित्य

rjwq9u6x_il3xuh8rou

एजेन्सी । नेपाली अमेरिकन सामुदायिक केन्द्र( न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा वृहत् साङ्गीतिक साँझ कार्यक्रम आयोजना गरेको छ । डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको खचाखच भिड रहेको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका प्राप्त लोकप्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।

भर्जिनियामा एकै मञ्चमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरू चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रकाश सपुत तथा सबैका मन पर्ने गायक किरण गजमेरको बेजोड प्रस्तुतिको कारण दर्शकहरू खुसीले गद्गद र प्रफुल्ल हुँदै नाचेका थिए । लामो समय पछि भर्जिनियामा आयोजना भएको साङ्गीतिक कार्यक्रममा दर्शकहरूले कलाकारहरूको प्रस्तुतिमा साथ दिएका थिए ।

कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरू तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । कैयौ दर्शकहरू पुरै टिकट बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मन पर्ने उनका कालजयी गीतहरू माथि माथि सैलुंगेमा लगायत गीतहरू प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।

अन्जु पन्तले पनि आफ्ना केही चर्चित गीत गाउँदै आफू मञ्चमै झुम्दा दर्शकहरूले साथ दिएका थिए । उनले सुर्के थैली लगायत केही गीतहरू प्रस्तुति गरेकी थिइन् । त्यस्तै गरी भ्वाईस अफ नेपाल–३ का विजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार