वर्षाले भनिन्,–‘श्रीमतीको रूपमा यात्रा सुरु’

कला/साहित्य

279172290_998446414146205_8097743556569025122_n_vd58vs3jwk

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले विवाहको तस्बिर सार्वजनिक गर्दै श्रीमतीको रूपमा यात्रा सुरु भएको बताएकी छन् । वर्षाले केही दिन अगाडि गोप्यरुपमा विवाह गरेकी थिइन् । शुक्रबार नागार्जुन रानीवनस्थित रेसु भिल्ला रिसोर्टमा नजिकका आफन्त र साथीभाइको उपस्थितिमा अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग उनले लगनगाँठो कसेकी हुन् ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । वर्षा केही महिनाअघि मात्रै अमेरिका पुगेकी थिइन् । अमेरिका बसाइका क्रममा नै उनले बिहेको टुङ्गो लगाएर नेपाल फर्किएको निकटस्थहरूको भनाइ छ । विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामै मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले केही दिन अगाडि सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार