बलिउडमा भाषा विवाद, पक्ष र विपक्षमा तर्कै तर्क !

कला/साहित्य

vasa-bibad

एजेन्सी । भारतमा केही कुराहरु विवादमा तानिनु कुनै नौलो घटना होइन । जातिय मुद्दादेखि कलाकारका वक्तव्यसम्म भारतमा धेरै कुराहरु विवादमा तानिन्छन् । ति मध्ये कतिपय विवाद आम मानिसहरुकै सामाजिक संजालमा सिमित हुन्छन् भने कतिपय विवादहरुले राष्ट्रिय तहमा नै तरगं उत्पन्न गराइदिन्छन् ।

वर्तमान समयमा आफ्नो एक वक्तव्यमार्फत भारतभर तरंग उत्पन्न गराइरहेका अभिनेता हुन् किच्चा सुदीप । सुदीपले हालै मात्र एक कार्यक्रममा अब हिन्दी भारतको राष्ट्रिय भाषा नभएको टिप्पणी गरेका थिए । केजीएफ २ को प्रशंसा गर्ने क्रममा अब हिन्दी राष्ट्रिय भाषा नरहेको र हालको समयमा बलिउडले पनि क्षेत्रिय सिनेमाहरुको नै डबिङ गरेर सफल हुने प्रयास गरिरहेको उनले धारणा व्यक्त गरेका थिए ।

उनको सो वक्तव्य हाल भारतिय संजालमा भाइरल बनिरहेको छ भने धेरै मानिसले उनको पक्ष विपक्षमा तर्क दिइरहेका छ्न् । उनको सो वक्तव्यको जवाफ दिने मध्येका एक हुन् बलिउड सुपरस्टार अजय देवगन । देवगनले सुदीपको विचारलाई खण्डन गर्दै यदी हिन्दी भाषा भारतको राष्ट्रिय भाषा नभए किन उनका चलचित्र हिन्दी भाषामा डब हुन्छन् रु भनेर प्रश्नसमेत गरेका छन्।

सुदीपले सुरु गरेको भाषा विवादमा अजयमात्र नभई कर्नाटकका मुख्यमन्त्री कुमार स्वामी पनि संलगन भएका छन् । स्वामीले सुदीपको पक्ष लिदैँ अजय देवगनको टिप्पणीलाई हास्यासपद बताएका छन् भने हिन्दी भारतको राष्ट्रिय भाषा कहिल्यै पनि नरहेको बताएका छन् । यस्तै बलिउड फिल्म निर्माता राम गोपाल बर्माले पनि सुदीपको साथ दिदै क्षेत्रिय सिनेमाको सफलता देखेर बलिउड अभिनेताहरुले डाह गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार