प्रेमी ठग परेपछि ज्याकलिनलाई तनाव

कला/साहित्य

jacline2021-08-31-11-01-33_800x547_50

एजेन्सी । भारतको आयकर विभागले बलिउड सुपरस्टार ज्याक्लिन फर्नान्डिसको ७ करोड २३ लाख बराबरको सम्पत्ति जफत गरिदिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उक्त सम्पत्ति उनका भूपू प्रेमी सुकेश चन्द्रशेखरले उपहार स्वरूप दिएका थिए । चन्द्रशेखर हाल ठगी आरोपमा जेलमा छन् ।

सुकेशमाथि रानब्याक्सीका पूर्व प्रमोटर शिवेन्द्र सिंह र मालविन्दर सिंहका श्रीमतीहरूलाई जेलबाट छुटाउने बहानामा २०० करोडभन्दा बढी ठगी गरेको आरोप छ । उनलाई गत डिसेम्बरमा देश छोडेर भाग्ने क्रममा पक्राउ गरिएको थियो भने उनको बङ्गला बाट ८२।५ लाख रुपैयाँ, २ किलो सुन र १२ वटाभन्दा बढी लक्जरी कारहरू समेत बरामद गरिएको थियो ।

भारतीय आयकर विभागले ज्याक्लिन र चन्द्र शेखर बिच घनिष्ठ सम्बन्ध रहेको बताएको छ भने अनुसन्धानको क्रममा चन्द्र शेखरले ज्याक्लिन माथि १० करोड रुपैयाँ बराबरको खर्च गरेको देखिएको छ ।

चन्द्र शेखरले ज्याक्लिनलाई हिराका गहनाहरू, ५५ लाखको घोडा, ९ लाखका ४ वटा पर्सियन बिराला लगायतका कुराहरू उपहार दिएको बताइएको छ ।

यस बाहेक पनि चन्द्र शेखरले धेरै पटक ज्याक्लिनका लागि फ्लाइट नै चार्टर गरिदिने गरेको पनि बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार