जेठ ४ र ५ गते प्रि–बजेट छलफल, ७ गते नीति तथा कार्यक्रम

अर्थ/बाणिज्य

pratinidhi-sabha-2

काठमाडौं । यही जेठ ४ र ५ गते प्रतिनिधिसभामा प्रि–बजेट छलफल हुने भएको छ ।

मंगलबार सभामुख अग्नि प्रसाद सापकोटाले जेठ ४ र ५ गते प्रि–बजेट छलफल हुने जानकारी सदनलाई गराए ।

प्रि बजेट छलफलका लागि बुधबार दिउँसो १ बजेलाई वप्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार जेठ ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्ययोजना बनेको छ ।

पत्येक बर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सकाउनुपर्ने नियम छ ।

१५ दिने प्रावधानका सन्दर्भमा पनि नियम निलम्बन गरिएको छ ।

नीति तथा कार्यक्रमाथि जेठ ८ देखि ११ सम्म छलफल गर्ने र अर्थमन्त्रीले जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी संसद सचिवालयको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार