बलिउड अभिनेत्रीहरुको रेड कार्पेट लुक्स

कला/साहित्य

indin-actor

एजेन्सी । अहिले ७५ औँ कान्स फिल्म फेस्टिभल चलिरहेको छ । यो वर्ष भारत कान्समा ‘कन्ट्री अफ अनर’ को रूपमा चयन भएको छ भने भारतीय अभिनेत्री दीपिका पादुकोण पनि निर्णायक समिति अर्थात जुरी मेम्बरमा छिन् । २१ चलचित्रहरूमध्ये एक चलचित्रलाई प्रतिष्ठित ‘पाल्मे डी ओर’ विजेताको रूपमा घोषणा गर्ने जिम्मेवारी निर्णायकको हो ।

यस वर्षको फिल्म फेस्टिभलमा पूजा हेगडे, ऐश्वर्या राई, हीना खान, तमन्ना भाटिया, एआर रहमान, नवाजुद्दिन सिद्दिकी, उर्वशी रौतेलालगायतका विभिन्न भारतीय सेलिब्रेटीहरूले आफ्नो उपस्थिति जनाउँदैछन्। ७५ औँ कान्स फिल्म फेस्टिभल मे १७ बाट सुरु भई मे २८ मा समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार