सिद्धार्थ बैंक ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’बाट सम्मान

अर्थ/बाणिज्य

award_handover_photo_x24osxsl4u

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनद्वारा (आईएफसी) आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।

आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेताहरू छनोट गरिएको हो । जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरूलाई सरल र सहज ढङ्गले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत हुन सफल भएको हो ।

उक्त अवार्ड शुक्रबारका दिन एक विशेष कार्यक्रममा आईएफसीकातर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई हस्तान्तरण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार