मिस नेपालका अन्तिम २४ प्रतिस्पर्धी घोषणा, को को परे ?

कला/साहित्य

aa-6

काठमाडौं । मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भएको छ । आइतबार आयोजित ‘सास सेरेमोनी’मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो ।

पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् ।

अन्तिम २४ प्रतिस्पर्धीको सूची

१) अनुष्का पौडेल

२) श्रीयांशु पिया

३) दिलाशा डोटेल

४) आश्रा श्रेष्ठ

५) अयुषनोभा ढुंगाना

६) आकृति शाह

७) मेरिका बाँस्कोटा

८) मानषी चन्द

९) स्मारिका शर्मा

१०) श्रीया गजुरेल

११) सुस्मिता बोगटी

१२) ममता ढकाल

१३) एश्वर्य शाही ठकुरी

१४) सरिषा श्रेष्ठ

१५) अनुश्रुया डाँगी

१६) ऋतुल पौडेल

१७) प्रियंकारानी जोशी

१८) यशस्वी श्रेष्ठ

१९) रोज कँडेल

२०) न्यान्सी खड्का

२१) सोफिया श्रेष्ठ

२२) आश्रुुति सुवेदी

२३) गंगा गुरुङ

२४) अस्मिता ढुंगाना

मिस नेपाल २०२२ को ग्रान्ड फिनाले आगामी असार ४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुँदैछ । यसपटकको मिस नेपालमा ६ जना चिकित्सक सुन्दरीले भाग लिएका छन् ।

हिडन ट्रेजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८०० जनाले आवेदन दिएका थिए । जसबाट १९६ जना छनोट गरिएको थियो । जसबाट २४ जना प्रतिस्पर्धी छानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार