महुली लघुवित्त वित्तीय संस्थाद्वारा समिक्षा सम्मेलन सम्पन्न

अर्थ/बाणिज्य

5d_r4280

चितवन । महुली लघुवित्त वित्तीय संस्था लि.को समिक्षा सम्मेलन यही जेठको १३ र १४ गते चितवनको सौराहमा १२ वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनमा संचालक समिति, संस्थापक तथा सर्बसाधारण शेयरधनीहरू, संस्थामा आवद्ध सदस्यहरु र कर्मचारीहरूसमेतको सहभागिता रहेको थियो । ं

सम्मेलनको पहिलो दिनमा वित्तीय संस्थाले विगत वर्षहरूमा लिएको लक्ष्यअनुसार भएका प्रगतिका बारेमा समिक्षा गरिएको थियो । सो भेलामा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री सरोज कुमार सिंहले समिक्षा प्रतिवेदन पेश गरेका थिए ।

सम्मेलनमा संचालक समिति, शेयरधनी, ग्राहक सदस्य, व्यबस्थापन र कर्मचारीहरुको विभिन्न प्यानल सदस्यहरु रही लघुवित्त कार्यक्रमले गरिबी निवारण तथा अति विपन्न परिवारको वित्तीय पहँुचमा पु¥याएको योगदान, लघुवित्तले सदस्यको आय स्तर, रोजगारी, उद्यमशिलता तथा व्यवसाय बिस्तारमा गरेको योगदान, सदस्यहरुको संस्था प्रतिको धारणा, संस्थाले उपलब्ध गराएको सेवाहरुमा सदस्यहरुको सन्तुष्टी, शेयरधनीको संस्थाले उपलब्ध गराएको प्रतिफल प्रतिको धारणा, तरलताको कारण कार्यक्रममा पारेको प्रभाव, शाखा कार्यलयहरुमा भएको गतिविधि, कर्मचारीहरुको योगदान, अवसर, वृत्ति विकास र चुनौती लगायतका विषयमा छलफल गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन लघुवित्त क्षेत्रमा सूचना तथा प्रविधिको आवस्था ,संस्थाको सूचना तथा प्रविधिमा भएको विकास, कार्यक्रम विस्तार तथा वित्तीय र गैरवित्तीय योजनाहरू विभिन्न विभागहरूको प्रस्तुतीकरण रहेको थियो ।

laghu

त्यस्तै, सो सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री गंगाधर पाण्डेले संस्थाले हालसम्म प्राप्त गरेको प्रगतिको विवरण र आगामी ५ बर्षमा संचालन गर्न सकिने कार्यक्रमहरु बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यपत्र माथि उपस्थित सदस्यहरु, कर्मचारीहरु र शेयरधनीहरु लगायत सबैले टिप्पणी, सुझाब र मार्गनिर्देशन लिई संस्थाका अध्यक्ष प्रभु नारायण चौधरीबाट १२ बुँदे घोषणपत्र जारी गरिएको थियो । अन्त्यमा सम्मेलनमा सहभागी ग्राहक सदस्य, शेयर धनीहरूलाई मायाको चिनोमार्फत सम्मान गर्दै संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति प्रभुनारायण चौधरीले कार्यक्रमको समापन गरेका थिए ।

दुई दिने सम्मेलनको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ अधिकृत कल्पना अधिकारीले गरेकी थिईन भने सम्मेलनको सहजकत्र्ताहरुमा शाखा प्रवन्धक हेमराज दाहाल, वित्त विभाग प्रमुख राजन मगर, सामान्य प्रशासन तथा मानव संसाधन व्यबस्थापन विभाग प्रमुख रमेश चौधरी, प्रमुख कार्यकारी अधिकृत श्री गंगाधर पाण्डे र सञ्चालक भानुभक्त निरौंलाले गरेका थिए ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लघुवित्तले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७ हजार सदस्यलाई लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार