नेपाल अफ्रिका फिल्म फेस्टिवलमा ‘कुईनेटो’ र ‘ऐना’ उत्कृष्ट

कला/साहित्य

nepal_africa_film_festival__2022_award_winner_news__1_yma2yecpua

काठमाडौं । अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ लाई उत्कृष्ट लघू चलचित्रको अवार्ड दिँदै १० औं नेपाल अफ्रिका फिल्म फेस्टिवल २०२२ सकिएको छ । फेष्टिवलमा सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।

आइतबार सुरु भई तीन दिनसम्म चलेको फेष्टिवलमा राष्ट्रिय विधातर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हात पारे । महोत्सवमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्सतर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जिते ।

सोही अवसरमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र राईजबाट ऋषीराज आचार्य, राईजबाटै गजित बिष्टले उत्कृष्ट अभिनेता र सरिता भारतीले उत्कृष्ट अभिनेत्रीको अवार्ड, तुलसी प्रसाद श्रेष्ठले उत्कृष्ट खलनायकको अवार्ड, रिना अवालेले उत्कृष्ट हेयर स्टाईलको अवार्ड हाँसिल गरे । यस्तै उत्कृष्ट स्कृप्ट राईटिङको अवार्ड पुरुष्षोतम बस्नेतले चलचित्र गरिमाबाट, उत्कृष्ट सह अभिनेताको अवार्ड के।डी प्रसितले चलचित्र ‘थर्ड आई’ बाट हाँसिल गरे । चलचित्र ‘द ब्लाक कर्नर’बाट निर्देशक लक्षु गौतमले उत्कृष्ट निर्देशन तर्फको जुरी अवार्ड, चलचित्र ‘शंका’ बाट सुमन दाहालले उत्कृष्ट ‘सोसियल म्यासेज फिल्म’को अवार्ड प्राप्त गरे ।

यसैगरी कार्यक्रममा चलचित्र द डटरबाट राजेन्द्र बजगाईंले उत्कृष्ट ब्याक ग्राउन्ड म्युजिक निर्देशनको अवार्ड, द डटरबाटै रेनिश फागोले उत्कृष्ट कलर करेक्सनको अवार्ड जिते । द डटर चलचित्रबाटै इनु थापाले उत्कृष्ट कस्ट्युम डिजाईनको अवार्ड प्राप्त गरिन् । महोत्सवमा स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको चलचित्र ‘झोल’ उत्कृष्ट भएको छ ।

संगीतकार जुगल डँगोल, अभिनेताहरु प्रेम पाण्डे, प्रवन भुसाल, सागर घिसिङ, नेपाल म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष विधान कार्की, कोरियोग्राफर तथा भिडियो निर्देशक अजय स्याङतान र चलचित्र पत्रकार कुवेर गिरी निर्णायक रहेको फेष्टिवलम अग्रज अभिनेता सुनिल थापा, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज अभिनेता सुनिल थापा, ब्युटिसियन सोनी कारँजित, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले बिजेताहरुलाई अवार्ड प्रदान गरे ।

एक दशकदेखि नियमित आयोजना हँुदै आएको महोत्सवको अफ्रिकी तथा अन्य गरी १४ मुलुकका १४ चलचित्र र नेपालका १२ चलचित्र गरी २६ चलचित्र अन्तिम प्रतिस्पर्धामा सहभागी थिए । सबै चलचित्र महोत्सवमा प्रदर्शन गरियो । महोत्सवका निर्देशक डब्बु क्षत्री रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार