कोशोरीमाथि सामूहिक बलात्कारका आरोपी ६ युवा पक्राउ

समाचार

arriest2021-03-15-10-36-04-2022-01-01-11-57-39

रूपन्देही । कपिलवस्तुकी एक किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देहीका ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का नीरज कार्की, वडा नम्बर ४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर ३ का लक्ष्मण रसाइली, अमित कँडेल र सौरभ थापा रहेको छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले कपिलवस्तुको बाणगंगाबाट १४ वर्षीया किशोरीको अपहरण गरी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ४ रुद्रपुरमा ल्याई सामूहिक बलात्कार गर्ने ६ युवाले सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए। प्रहरीका अनुसार स्थानीय बजारमा सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरी बलात्कार गरेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार