यौन दुर्व्यवहारको आरोपमा होस्टल वार्डेन पक्राउ

समाचार

arrested-sign1-2021

काठमाडौं । छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।

बस्नेतलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए । सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए ।

होस्टलमा प्रहरी पुग्दा बस्नेतलाई फेला पार्न सकेको थिएन । प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार