आजबाट नेपालको विद्युत् भारतमा बेचिदैं, कतिमा विक्यो ?

अर्थ/बाणिज्य

bijuli_5hk5sa367b

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार मध्यराति १२ बजेबाट निर्यात सुरु गरेको हो ।

प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स०मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७।७ मेगावाट विद्युत भारत निर्यात गर्न थालेको हो ।

कालीगण्डकी ए को १४० मेगावाट, त्रिशुलीको २३।२ मेगावाट र देवीघाटको १४।५ मेगावाट विद्युत भारत निर्यात हुनेछ । वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११।२ रुपैयाँ ९७ भारु० रहेको बताए ।

‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ ९१२ भारु०, न्यूनतम २।३८ रुपैयाँ ९१।४९ भारु० र औसत दर ११।२ रुपैयाँ ९७ भारु० छ’, घिसिङले भने ।
आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ ।

प्राधिकरणका अनुसार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश ः भारु १२ ९१९।२ नेरु० र २।४९ ९३।९८नेरु० छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६।७२ ९१०। ७६ नेरु० छ ।

यसैगरी, शनिबार प्रधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९।२ रुपैयाँ ९१२ भारु० र न्यूनतम ४।०८ रुपैयाँ ९२।५५ भारु०मा विद्युत बिक्री गरेको छ । औसतम मूल्य ११।४८ रुपैयाँ ९७।१८ भारु० रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार