विश्व बैंकबाट १२ अर्ब ऋण लिइने

अर्थ/बाणिज्य

aa-12

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

‘विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १०० मिलियन अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० सहुलियत पूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय भएको छ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी दिंदै गृहमन्त्री बालकृष्ण खाणले बताउ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार