काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित हात्तिसारमा संचालित नेपाल हाउस रेष्टुेण्टमा ट्रेनी वेटर बलात्कृत भएकी छन् । ट्रेनीलाई बलात्कार गरेको आरोपमा प्रहरी वृत दरबारमार्गले दोलखाको तामाकोशी गाउँपालिका–६ च्यामा घर भएका जीवन फुयाँल खत्रीलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।
आरोपी २० वर्षका जिवन फुयाँल सो रेष्टुरेण्टका वेटर हुन् । आरोपीलाई जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
करिब ५ महिनादेखी नेपाल हाउसमा वेटरको रुपमा कार्यरत जीवनले ति युवतीलाई चेन्जिङ रुपमा बलात्कार गरेका थिए । क्याम्पसबाट ‘ट्रेनी वेटर’ रुपमा नेपाल हाउसमा गएर काम गर्न थालेको दिन नै आफू बलात्कारको शिकार भएको पीडितले दावी गरेकी छिन् । जेठ २० मा राति साढे ११ बजे जीवनले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे महानगरीय प्रहरी वृत दरबारमार्गले अनुसन्धान गरिरहेको छ ।