सोनाक्षी र जहीरबीच ‘लभ’ परेको पोल खुल्यो

कला/साहित्य

1012421-zaheer-iqbal-instagram_mtm2cl7hsm

काठमाडौं । सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्धको औपचारिक जानकारी दिएका छन् । योसँगै सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।

भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा स्न्याक्स खाइरहेकी देखिन्छन् । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जाहिरले क्याप्शनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे सोन्ज . . . मलाई नमारेकोमा धन्यवाद। म तिमीलाई माया गर्छु . . . आउने दिनहरूमा यसरी नै हाँस्दै, खाईरहन र खुसी बाँड्दै गर्नु ।’

जहीर इकबालको पोस्टपछि सोनाक्षीले यसमा कमेन्ट गरेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘धन्यवाद . .. लभ यू … अब म तिमीलाई मार्न आउँदैछु ।’ जहीरको यो पोष्टमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्मको मायाको वर्षा गरिरहेको छ । एक जनाले लेखेका छन्, ‘बिहे कहिले हो ?’ त्यही क्रममा अर्काले लेखे, ‘तिमीहरू दुवै सँगै धेरै प्यारो देखिन्छौ।’ वरुण शर्मा, सिद्धार्थ मल्होत्रा ​​र पत्रलेखा जस्ता बलिउड सेलिब्रेटीहरूले पनि पोस्टमा प्रतिक्रिया दिएका छन्।

जहीर र इकबाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । केही समयअघि सोनाक्षीले आफ्नो ब्यूटी ब्राण्ड लन्च गरेकी थिइन्, जसका लागि अभिनेत्रीले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए ।

जहीर एक ज्वेलर्स परिवारका हुन् र उनी बाल्यकालदेखि नै सलमान खानका साथी हुन् । जहीरले सलमान खानको फिल्म ‘द नोटबुक’ बाट बलिउडमा डेब्यू गरेका थिए । कामको सन्दर्भमा, दुवै आफ्नो आगामी फिल्म डबल एक्सएलमा सँगै देखिनेछन् । सतराम रमानी निर्देशित फिल्ममा हुमा कुरेशी पनि मुख्य भूमिकामा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार