डान्स मास्टर लिटिल च्याम्प्सको भोटिङ पार्टनरमा पे-वेल

कला/साहित्य

mou-signing-paywell-11

काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ को भोटिङ पार्टनरमा ‘पे वेल’ ले सहकार्य गर्ने भएको छ । आइतबार एक कार्यक्रमकाबीच थ्री- प्रोडक्सन र पे–वेलबीच सम्झौता भएको हो ।

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागि चाँडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन तथा भारतको आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

पे–वेलका सिइओ सत्यन्द्र श्रेष्ठले बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मद्दत गर्ने भएकाले आफूहरु कार्यक्रमको हिस्सा बनेको बताए ।

शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार