काठमाडौं सर्ट फिल्म फेस्टामा सहभागिताको आह्वान

कला/साहित्य

short-film-festa-logo-jpg

काठमाडौं । छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैटौं संस्करणका लागि आह्वान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।

फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनेटभित्रको हुनुपर्नेछ ।

‘नेपालमा पछिल्लो समय छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउन र अझै गुणस्तरयुक्त बनाउन प्रोत्साहन दिने फेस्टिभल गर्न गरेका हौं’, उनले भने ।

फेस्टामा सहभागी फिल्मलाई बेस्ट सर्ट फिल्म ९फिक्सन०, बेस्ट सर्ट फिल्म ९फिक्सन० निर्देशक, बेस्ट सर्ट फिल्म ९डकुमेन्ट्री०, बेस्ट सर्ट फिल्म ९डकुमेन्ट्री० निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेस्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाइस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ । यीमध्ये बेस्ट सर्ट फिल्म ९फिक्सन० र बेस्ट सर्ट फिल्म ९डक्युमेन्ट्री०लाई क्रमशः ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार