घरमा मुसाले दिक्क लगाएको छ ? यो उपाय अपनाउनुहोस्

समाचार

musa

काठमाडौं । घरमा मुसाले सताएर दिक्क पर्नुभएको छ रु घरमा राखेको सामान मुसाले खाइदिएर, फोहोर गरेर दिक्क पर्नुभएको छ भने हामी तपाईलाई मुसा भगाउने गतिलो उपाय सजाउँछौँ जसबाट तपाईले मुक्ति पाउनुहुनेछ । मुसा आउने जाने बाटो प्राय एउटै हुन्छ । चबतत्यही बाटोमा मुसालाई प्याज काटेर राखिदिनुभयो भने मुसा आउँदैन । किनकी मुसालाई प्याजको गन्ध मन पर्दैन । जुन बाटोबाट मुसा ओहोर दोहोर गर्छन् त्यही बाटोमा रातो खुर्सानीको पाउडर हालीदिनुभयो भने मुसालाई श्वासप्रश्वासमा समस्या पर्छ र मुसाहरु त्यहाँबाट भाग्छन् ।

मुसा आउने स्थानमा बेबी पाउडर छर्किदिनुहोस् र मुसा बढी हिँडडुल गर्ने स्थानमा पनि छरिदिनुभयो भने यसले मुसालाई असर गर्छ ।मुसा बढी आउने स्थानमा मानिसको कपाल छोडीदिनुहोस् । मुसाले झुक्कीएर कपाल खायो भने उसको मृत्यु हुन्छ । मुसा मार्ने साँचोमा अड्काएर राखिदिनुभयो भने त्यही खाने लोभले उ त्यहाँ फस्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार