दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामै सवा अर्बको कारोबार

अर्थ/बाणिज्य

nepse_xdjtjbin1j

काठमाडौं । शुक्रबार २ घण्टा मात्र खुलेको बजारमा नेप्से परिसूचक १३ अंक माथिले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १३.७८ अंकले बढ्दै १८६२.०६ अंकमा उक्लिएको हो ।

उसो त १३ अंकमाथिले बढेको बजार आज बजार खुलेको २ घण्टामा नै सवा अर्बको कारोबार भएको छ । अन्तिम समय (१ बजे) सम्ममा ३५ लाख ४१ हजार कित्ता सेयर २२ हजारभन्दा बढी पटक बजारमा किनबेच भएर शुक्रबार १ अर्ब १५ करोड १२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकहरु धनात्मक (पोजेटिभ) भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.९१ प्रतिशतले बढेको छ भने आज माइक्रोफाइनान्स समूहको उपसूचक ०.८ प्रतिशतले मात्र बढेको छ । यता म्युचुअल फन्डको उपसूचक भने आज ०.६७ प्रतिशतले घट्न पुगेको छ ।

यस दिन न्यादि हाइड्रोपावर कम्पनीका लगानी कर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.८८ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार