आफ्नै घरमा पेट्रोल छर्किएर आगजनी, पत्नी घाइते

समाचार

fire-aago

दाङ । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन् । आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोजेको थिए । त्यसक्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । श्रेष्ठको हात, खुट्टामा जलेको छ ।

ती व्यक्तिले श्रीमतीसँग पटक(पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन् । उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

आगलागीबाट कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरीले ती श्रेष्ठलाई पक्राउ गरी थप घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार