५० टन लागूऔषध र २० लाख थान ड्रग्स नष्ट

समाचार

udaya_thing_drugs_1-5_2079_-_elwvbuu83s

काठमाडौं । गत जेठ ३०–३१ गते बरामद गरिएको ५१ केजी हेरोइन ढलमा बगाएर नष्ट गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले उक्त हेरोइन अदालत परिसरभित्रै पानीमा घोलेर ढलमा बगाई नष्ट गरेको जनाएको छ ।

बरामद हेरोइनको अवैध अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब १० करोड रुपियाँभन्दा बढी पर्ने प्रहरीले बताएको थियो । दक्षिण अफ्रिकी मुलुकबाट नेपालहुँदै भारततर्फ तस्करी हुने क्रममा उक्त लागूपदार्थ बरामद गरिएको थियो ।

बरामद भएको लागूपदार्थ नमुना राखेर नष्ट गरिन्छ । त्यसैअनुसार उक्त लागूपदार्थ लागूऔषध नियन्त्रण ब्युरो तथा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र काठमाडौँ जिल्ला अदालतले बरामद हेरोइनको नमुना सङ्कलन गरी सुरक्षित राखेर बाँकी पानीमा घोलेर ढलमा बगाइएको हो ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा ११ मा बरामद लागूऔषध नष्ट गर्दा बढीमा तीन ग्राम अनुसन्धान गर्ने निकाय, मुद्दा हेर्ने अधिकारी र मुद्दा अनुसन्धान गर्ने निकायले सुरक्षित राखी नष्ट गर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार