अजिङ्गर कसरी जिउदै बाख्रा खायो हेर्नुहोस्

समाचार

ajingar-1-jpg

उदयपुर । चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका५ सुन्दरपुरस्थित सामुदायिक वनमा अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।

2-11

अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।

अजिङ्गरलाई कोशी टप्पु आरक्षमा लगेर छोडिने डिभिजन वन कार्यालय उदयपुरका रेन्जर पुन्य पौडेलले जानकारी दिए ।

3-9

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार