११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

अर्थ/बाणिज्य

remitance-1-1

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १२।६ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १०.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार