जसको जीवन मागि विवाहले बर्बाद गर्यो, यसरी बताए अनुभव

कला/साहित्य

ab-2

एजेन्सी । आफूले नचिनेको व्यक्तिसँग आफ्नो बाँकी जीवन बिताउने निर्णय गर्नु सजिलो पक्कै होइन् । किनकी पार्टनर असल भए यो बन्धन जोगाउन सजिलो हुन्छ, गलत पार्टनर भेटियो भने विवाहजस्तो सुन्दर सम्बन्ध नर्कमा परिणत हुन्छ ।

तर, हरेक जोडी आफ्नो वैवाहिक जीवन सफल होस् भन्ने चाहन्छन् । उनीहरुले सँगै सुखमय जीवन बितोस भन्ने चाहन्छन् । तर कहिले काहिँ यस्तो अवस्था आउँछ कि नचाहेर पनि बिवाह टुटेको हुन्छ । सम्बन्ध विच्छेद हुन्छ ।

प्रेम विवाहमा, जहाँ जोडीहरूलाई एकअर्काको बानी पहिले नै थाहा हुन्छ, त्यहीँ मागि विवाहको सबैभन्दा ठूलो बेफाइदा दुई व्यक्तिले आनीबानी थाहा नपाई सम्बन्धमा बस्ने निर्णय गर्नु हो । जब बिहे पछि उनीहरु बिच समस्या आउँछ तब उनीहरुको सम्बन्ध टुट्ने अवस्थामा पुग्छ ।

हामीले मात्र भनेको होइनौं, रिलेशन विज्ञहरू पनि विश्वास गर्छन् कि यदि तपाईंले विवाह गर्नु अघि आफ्नो पार्टनरको आनीबानी थाहा पाउनु भयो भने यो सम्बन्ध सफल हुने सम्भावना धेरै बढ्छ, जबकि आमाबाबुले छनौट गरेको विवाहको कुनै ग्यारेन्टी हुँदैन । हामीले यो प्रश्नमा केही व्यक्तिसँग कुरा गर्दा यस्ता कुरा बाहिर आए, जसले सबैलाई सोच्न बाध्य बनायो ।

ससुराको हस्तक्षेप

sasura
आईटी कन्सल्टेन्ट नमिता चौधरीले विवाह गरेको दुई वर्षपछि सम्बन्धविच्छेदका लागि निवेदन दिएको बताइन् । उनले भनिन् ‘यसको कारण मेरो ससुरा हुनुहुन्थ्यो ।’ किनभने सुरुमा उहाँ हामीसँग बस्नुभएन, तर जब उहाँले अवकाश लिनुभयो, उहाँ हामीसँग बस्न आउनुभयो । सुरुमा हामीलाई खासै समस्या भएन तर केही समयपछि उनको हस्तक्षेप हाम्रो जीवनमा यति बढ्यो कि मेरो र मेरो श्रीमान् सम्वन्धमा नराम्रो भयो ।

मैले सबै कुराको लागि उहाँबाट अनुमति लिनुपर्थ्यो । श्रीमान् र मेरो झगडा हुँदा श्रीमानले आमाको पक्ष लिनुहुन्थ्यो । एक समय यस्तो आयो जब हामी बीचको मतभिन्नता यति बढ्यो कि हामीलाई एकसाथ बस्न गाह्रो भयो ।

श्रीमतीको पूर्वप्रेमीसँगको अफेयर

x
पेशाले व्यवसायी भास्कर देव भन्छन्, ‘विवाहभन्दा दुई महिनाअघि नै श्रीमतीलाई भेटेको थिएँ । हाम्रो सम्बन्ध गाँसिने कुरा हाम्र आमाबाबुले तय गर्नुभयो । हामी दुवै फरक–फरक सहरमा बस्ने भएकाले एकअर्काको बारेमा धेरै थाहा थिएन । पहिलो भेटमा नै उनी मप्रति उत्साहित देखिइनन् ।

तर, उनी यो विवाहको विरोधमा पनि थिइनन् । विवाहको केही महिनापछि उनले मसँग बस्न नसक्ने बताएकी थिइन् । उनी आफ्नो पूर्वप्रेमीलाई अझै माया गर्छिन्। उसले आमाबुवाको दबाबमा मसँग बिहे गरेकी रहिछन् , त्यसपछि हामी दुवै छुट्टियौँ ।

जागिरको बारेमा झूट बोलियो

job
इमेज कन्सल्टेन्ट प्रिया शर्मा भन्छिन् कि मेरा आमाबुवाले अमेरिकाको एउटा आईटी कम्पनीमा इन्जिनियर भएको केटासँग मेरो विवाह तय गरेका थिए । म पनि यो सम्वन्धबाट धेरै खुसी थिएँ। किनभने उनी राम्रोसँग शिक्षित थिए । हामी दुबैले विवाह गर्यौं र कागजी कार्य र अन्य औपचारिकताहरूका कारण मैले मेरो आधार परिवर्तन गर्नुपर्‍यो ।

जब म पतिको घर पुगेँ, त्यहाँको अवस्था देखेर मलाई अलिकति अप्ठ्यारो भयो । किनकी उनीहरुले विवाह अघि भनेका कुराहरु केही रहेनछ । मेरो श्रीमान् इन्जिनियर पनि नभएको थाहा पाएँ । उनी अमेरिकाको एउटा रिटेल स्टोरमा काम गर्छन् । यस्तो अवस्थामा मैले यो बिहे तोड्ने मन बनाएँ ।

स्वास्थ्य समस्या

helth
पेशाले शिक्षिका निकिता प्रसादले आमाबुवाको इच्छाअनुसार विवाह गरेको बताइन् । केटाहरूले सधैं यस्ता धेरै कुराहरू लुकाउँछन् । मेरो श्रीमान् इरेक्टाइल डिसफंक्शन अर्थात् नपुंसकताको समस्याबाट ग्रसित छन् भनेर बिहेपछि थाहा पाएँ ।

हामीले एक डाक्टरसँग पनि सल्लाह लियौं, उनले भने ‘यो बाल्यकालको चोटको परिणाम हो ।’ यसबारे श्रीमान्सँग कुरा गर्दा उनले सामाजिक दबाबका कारण विवाह गर्न राजी भएको भन्दै माफी मागे । मैले उसलाई उसको शारीरिक अवस्थाको लागि होइन तर तथ्य लुकाउकाले माँफ दिन सकिन ।

मनोवैज्ञानिक समस्या थियो

saiko
घरजग्गा व्यवसायी राकेश महेला भन्छन्, ‘विवाहअघि मेरी श्रीमती र मेरो पटक–पटक भेट भएको थियो । उनी निकै लजालु र नम्र देखिने महिला थिइन् । सुरुमा सबै कुरा राम्रै चल्यो तर हाम्रो विवाहको केही महिनापछि उनले आत्महत्या गर्न खोजिन् । हामी धेरै चिन्तित थियौं किनभने उनी धेरै हिस्टेरिली व्यवहार गरिरहेकी थिइन्, जुन सामान्य थिएन ।

केही दिनपछि सामान्य व्यवहार गर्न थालिन् तर यस्ता घटना बारम्बार दोहोरिन थाले । त्यसैले मैले उसको आमाबुवालाई सम्पर्क गरें । त्यही समयमा उनलाई बाल्यकालदेखि नै सिजोफ्रेनिया भएको थाहा भयो । यो होइन कि मैले प्रयास गरिनँ, तर उनीसँग बस्न सकिन र हामीले बाटो अलग गर्यौं।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार