डलर अहिलेसम्मकै महँगो, युरोसँग झण्डै बराबरी

अर्थ/बाणिज्य

exchange_91ic4klujq

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्री दर १२८ रुपैयाँ ३१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ९० पैसा र बिक्री दर १५१ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

ex1_stkf8dd11q2-12

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार