इशान बशन्तको ‘तिम्रो मायाँ नै’ सार्वजनिक

कला/साहित्य

song-by-ishan-bashanta_timro-maya_-png

काठमाडौं । संगीत सर्जक इशान बशन्तको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । छोटो समयमै नेपाली संगीतका क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल इशानले ‘तिम्रो मायाँ नै’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।

५ मिनेटको म्युजिक भिडियो आइतबार ओएसआर डिजिटलको यू–टुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बिनयराज पौडेलको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा स्वयं इशान बशन्त र मोडल कस्मिता भण्डारीको अभिनय हेर्न सकिन्छ । दिपेन बस्नेतको छायांकनमा तयार पारिएको म्युजिक भिडियोका प्रोड्युसर पञ्चमान महर्जन र को–प्रोड्युसर बिनिता तामाङ हुन् । श्यामकृष्ण महर्जन ९शुसान्त घायल०को शव्दमा स्वयं इशानको स्वर र संगीत रहेको छ ।

ए लेभेल स्टुडियो पुतली सडकमा रेकर्ड गरिएको गीतको म्यूजिक एरेञ्जर सञ्जय हमाल, मिक्सरमास्टर गोबिन्द सोनी र रेकर्डिस्ट सुवास कुथुमे राई हुन् ।

संगीतका क्षेत्रमा समर्पित इशानका यसअघि दर्जनौं गीत बजारमा आइसकेको छ । ‘आफु त हजुर, फेरी पनि, तिम्रो आँखामा, गीत हुँ, बुद्धम शरणम गच्छामी लगायतका बोलको गीत उनका रुचाइएका गीत हुन् । हाल स्वयम्भुमा बसोबास गरिरहेका गायक इसान एक दशकदेखि औपचारिकरुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार