थाहा पाउनुहोस् आज( मंगलबार)को राशिफल

धर्म/ज्योतिष

rasifal

१० साउन २०७९, मंगलबार । तद्नुसार जुलाई २६ । श्रावणकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, आन्द्रा नक्षत्र, ब्याधात योग, चन्द्रमा मिथुरा राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः२४ मा भएको छ भने सूर्यास्त ६ः५७ मा हुनेछ ।

आजका देवता बायु, र ग्रहदेव शुक्र हुन् । मंगलबार गणेश र हनुमानको आरधना गर्ने दिन हो । मंगलबार कुनै नयाँ काम शुरुवात गर्दा पनि शुभ हुन्छ भन्ने मान्यता छ । आज बिहान ११ः४४ देखि १२ः३८ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ ।

दिउँसो ३ः३४ देखि ५ः२४ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य गर्न बर्जित रहेको छ ।  आजका दिन समय निकालेर गणेश मन्दिर दर्शन गर्ने र हुनमान चालिसा पाठ गर्दा मनोवाञ्चित फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ ।

आजको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय हुने देखिन्छ । आज बजारमा सामान खरिद गर्दा विचार गर्नुहोला । विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा रुचि र मनमा खुसी छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुची बढ्नसक्छ । आज यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्वदिशातर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । यात्रा गर्नुभन्दा पहिले दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको दिन परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशिका जातकले आजको दिन मौन बस्नु ठीक होला । मित्रमण्डली र व्यापार व्यवसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ । मौन रहेर काम गर्दा फाइदा हुन्छ । आवश्यकता भन्दा बढी नबोल्ने, आफ्नो नियमित काम मात्र गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकल देखिदैन । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति राग राख्ने मित्रसमेत सम्मानका शब्द प्रयोग गर्नेछन् । आकस्मिक धनलाभ हुनेछ । आजको दिन गणेश मन्दिरको दर्शन गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आज तपाईले घर परिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेका मित्रबाट सहयोग मिल्नेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलवार कुनै नयाँ काम शुरुवात र मानसम्मान समेत मिल्नेछ । तपाईले गरेको कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आज तपाईले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय अनुकुल देखिएको छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम गर्दा सफलता मिल्नेछ । आज बिहान सूर्योदयको दर्शन गरेर काम गर्दा दिन सफल हुनेछ । आर्थिक लाभ र मानसम्मान समेत प्राप्त हुनेछ योग रहेको छ । आकस्मिक धनलाभ हुनेछ । आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईको कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । गशेश मन्दिर यात्राले उर्जा थपिने छ । आजको दिन आफनो नियमित काम गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको  स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग सौहार्दता बढ्नेछ । मंगलबार गणेश मन्दिरमा गएर लड्डु चढाएर घरका सदस्यहरु दिनुभयो भने सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । सामाजिक काममा समय खर्च हुनेछ । सिर्जनात्मक कार्यमा समय दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार