नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण

अर्थ/बाणिज्य

international-monetary-fund_0xf2vhqgj8

काठमाडौं । विश्व अर्थतन्त्र नै जोखिम उन्मुख रहेको प्रतिवेदन सार्वजनिक गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले नेपालको आर्थिक वृद्धिदरमा भने सुधार हुने प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफको वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनको जुलाई संस्करणमा नेपालले सन् २०२२ मा ४।२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ ।

सन् २०२१ को तुलनामा यो वृद्धिदर स्थिर भए पनि आईएमएफकै अप्रिल संस्करणको सोही नामको प्रतिवेदनको तुलनामा झिनो सुधार हो । अप्रिलमा आईएमएफले नेपालको वृद्धिदर ४।१ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

समग्र विश्व अर्थतन्त्र नै उत्पादन सङ्कुचन, उच्च मुद्रास्फीति र वित्तीय अस्थिरताको जोखिमतर्फ धकेलिन लागेको आईएमएफको प्रक्षेपणका बीच नेपालको वृद्धिदरमा सुधारसहितको संशोधन प्रस्तुत भएको हो । अत्यधिक आयातका कारण विदेशी मुद्रा सञ्चितिमा परेको दबाब, पर्याप्त तरलताको अभाव र बढ्दो मूल्य वृद्धिका कारण नेपालको अर्थतन्त्रले पनि पछिल्ला केही महिनायता समस्या सामना गर्नु परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार