४१ प्रतिशतमा पुग्यो बीमा

अर्थ/बाणिज्य

काठमाडौं । पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच ९म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित० ४१।२० प्रतिशत पुगेको हो ।

पछिल्लो समय नेपालमा बीमाको दायरामा आएको जनसङ्ख्या ४१ प्रतिशतभन्दा धेरै भएका छ । एक वर्षको अवधिमा बीमाको दायरा झन्डै १४ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा बीमाको पहुँच ९म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमासहित० ४१।२० प्रतिशत पुगेको हो ।

आव २०७७र७८ को तुलनामा गत आर्थिक वर्ष १३।६८ प्रतिशतले बीमा पहुँच बढेको हो । २०७८ को असार मसान्तसम्ममा बीमाको पहुँच २७।५२ प्रतिशत जनसङ्ख्यामा पुगेको थियो ।

आव २०७८र७९ को असार मसान्तसम्ममा जीवन बीमालेखको सङ्ख्या पनि ५२ प्रतिशतले बढेको छ । २०७९ को असारसम्म यस्तो जीवन बीमालेख एक करोड ३० लाख ९९ हजार ६३२ रहेको छ । २०७८ को असारमा जीवन बीमालेख ८६ लाख १२ हजार ८५० रहेको थियो ।

यस्तै निर्जीवन बीमा लेख सङ्ख्यामा भने २।०६ प्रतिशतको मात्रै वृद्धि भएको छ । २०७९ असार मसान्तसम्ममा २७ लाख ८८ हजार १८ रहेको निर्जीवन बीमालेख २०७८ असारमा २७ लाख ३१ हजार ७७३ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार