आज कहाँ कहाँ हुदैछ वर्षा ?

समाचार

barsha-3

काठमाडौं । आज मुलुकका सबैजसो प्रदेशमा वर्षाको सम्भावना छ । दिउँसो लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमामा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेश र सुदूरपश्चिमका थोरै तथा अन्य प्रदेशका एक(दुई स्थानमा वर्षाको आकलन गरिएको छ ।

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र लुम्बिनीका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार