थाहा पाउनुहोस आज (आइतबार)को राशिफल

धर्म/ज्योतिष

rasifal

आजको पात्रो: १२ भदौं, २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको २८ तारिक २०२२ । भाद्रशुक्लपक्ष प्रतिपदा तिथि, बब करण, पूर्वफाल्गुनी नक्षत्र, सिद्ध योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः४१ मा हुनेछ भने सूर्यास्त ६ः३० मा हुनेछ । आज विहान ११ः४० देखि १२ः३१ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्न सकिन्छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । भनिन्छ, साताको पहिलो दिन आइतबार सूर्यको बार पनि हो । त्यसैले आइतबार शुरु गरेको योजना साताभित्र उपलब्धिमूलक हुनेछ । सरकारीकामकाजका लागि आजका दिन निकै राम्रो छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

ब्यापार ब्यवसायमा हुनुहुन्छ भने आजको दिन विहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा अर्थ लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग हुनेछ । विहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम शुरु गर्दा साताभर तपाईको कार्यसििद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईको लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ । तपाईले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ । आजको दिन मौन रहेर व्रत गर्दा फलदायी हुनेछ । कसैको पनि अहित नचिताउनु होला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथन राशिका जातका लागि आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता रहेको छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन कर्कट राशि भएका जातकको  दाम्पत्यजीवनमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार ब्यबसाय र कामबाट तपाईलाई हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काम नगर्दा वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आज तपाईको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला। चन्द्रमाको साथ रहेको छ । सफलता प्राप्त हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । कन्या राशिका जातका लागि यात्राको लागि अवसर प्राप्त हुनेछ । आजको दिन शुरु गरेको यात्राले तपाईलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ । कमारीको फलाहार दिने र बस्त्र दान गर्नु राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित काम बाहेक नयाँ काम  नगर्नुहोला ।  पनि विवाद हुने काम बाट टाडा रहनुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

तपाइको आजको दिन ब्यापार ब्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

आफन्तलाई आजको दिन भेट गर्दा तपाईलाई साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययन अध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन शुरु गरेको कार्य फलदायी हुनेछ ।

 

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिको जातकको लागि अध्ययन अध्यापनमा सफलता मिल्नेछ । तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले हरेक साताको आइतबार विहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रहरुको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ । कसैसँग विवाद हुने काम नगर्नुहोला।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापकको लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ । आजको दिन मौन रहनु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार