पर्यटन पुनरुत्थानको वर्ष : कुन महिना कति आए ?

अर्थ/बाणिज्य

काठमाडौं, १८ पुस । कोभिड–१९ पछि प्रायः सुस्त रहेको नेपालको पर्यटन क्षेत्र तीन वर्षपछि पुनर्जागृत भएको छ । सन् २०२३ मा १० लाख बढी पर्यटक नेपाल भित्रिएका छन् ।

सरकारले सन् २०२३ देखि २०३३ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गर्दै सुरुवाती वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सरकारी लक्ष्य ३१ डिसेम्बर, २०२३ सम्ममा १० लाख १४ हजार ८७६ जना पर्यटक भित्रिएका छन् । यो मानेमा पर्यटक भित्र्याउने लक्ष्यमा सफल भएको छ ।

कुन महिना कति पर्यटक भित्रिए ?

पकुन देशबाट कति आए ?

पर्यटन बजारको हिसाबले छिमेकी मुलुक भारत र बंगलादेशी पर्यटकको आगमन यो वर्ष निकै उत्साहप्रद देखिएको छ । यो वर्ष भारतीय र बंगलादेशी पर्यटक सन् २०१९ को भन्दा पनि बढी आगमन भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०१९ मा भारतबाट २ लाख ५४ हजार १५० जना पर्यटक आएका थिए । तर यो वर्ष सोही बजारबाट ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०१९ को तुलनामा यो वर्ष भारतीय पर्यटक २५।८८ प्रतिशतले वृद्धि भएको हो ।

यसै गरी, सन् २०१९ मा जम्मा २५ हजार ८४९ जना मात्र बंगलादेशी पर्यटक आएकामा यो वर्ष ३२ हजार बढी नेपाल आएको बोर्डले जनाएको छ ।

सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसअघि प्रि–कोभिड, सन् २०१९ मा अमेरिकाबाट ९३ हजार २४१ जना पर्यटक नेपाल आएका थिए ।

यो वर्ष अर्को छिमेकी मुलुक चीनबाट ६० हजार ८७८ जना पर्यटक नेपाल आएका छन् । यद्यपि, प्रि–कोभिडको तुलनामा सन् २०२३ मा चिनियाँ पर्यटकको सङ्ख्या ६४ प्रतिशतले घटेको हो । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक नेपाल आएका थिए ।

यस्तै, अन्य तेस्रो मुलुकहरूबाट आउने पर्यटकको सङ्ख्यामा समेत सकारात्मक सुधार भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार