‘लन्डन टु पेरिस’को दोश्रो पोस्टर सार्वजनिक, मुख्य चार कलाकार फिचर्ड

कला/साहित्य

काठमाडौं, १७ चैत । चलचित्र ‘लन्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । दोस्रो पोस्टरमा सिनेमाका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेब्यु अभिनेत्री गरिमा शर्मा फिचर्ड छन् ।

सिनेमाको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का मात्रै फिचर्ड गरिएको थियो । घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ ।

काठमाडौं । चलचित्र ‘लन्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । दोस्रो पोस्टरमा सिनेमाका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्का तथा अभिनेता कवीर खड्का र डेब्यु अभिनेत्री गरिमा शर्मा फिचर्ड छन् ।

सिनेमाको यसअघि सार्वजनिक रोमान्टिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र डेव्यु अभिनेता निश्चल खड्का मात्रै फिचर्ड गरिएको थियो । घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लन्डन टु पेरिस’ जेठ २५ गते रिलिज हुनेछ ।

सिनेमामा साम्राज्ञी, निश्चल, कविर र गरिमासँगै रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।

चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार