चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ अब सम्झनामा मात्र

कला/साहित्य

पोखरा, ४ वैशाख । चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार प्रकटलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो।

पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए। उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। उनका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह प्रकाशित छन्। यस्तै, प्रणयवेदका ऋचाहरू गजल संग्रह र अक्षरभरी अक्षता कविता संग्रह पनि प्रकाशित छन्।

३० को दशकबाट साहित्य सिर्जनामा क्रियाशील पंगेनी पछिल्लो समय कास्कीको रुपा गाउँपालिकास्थित गाउँमै फार्म र कटेज बनाउँदै थिए। उनका बुधबार दिउँसो १२ः१० बजे अस्पतालबाट आर्यघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार