ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत, अरु के केले पाए अनुमति ?

कला/साहित्य

काठमाडौं, ११ वैशाख । काठमाडौँ । नेपाल लगानी बोर्डको बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत गरेको छ ।

मंगलबार बसेको बोर्डको ५८ औँ बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई लगानी सम्झौता वार्ता अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरे अनुसार सो परियोजनाको स्वीकृत परियोजना प्रतिवेदन बोर्डले मूल्याङ्कन गरेपछि वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय भएको बोर्डका एक अधिकृतले रातोपाटीलाई जानकारी गराए ।

बैठकले आसन्न लगानी सम्मेलन सम्बद्ध परियोजना र प्रवर्द्धनात्मक सामग्री पनि स्वीकृत गरेको छ । बैठकमा भट्टले अघिल्लो बोर्ड बैठकका निर्णय कार्यान्वयन अवस्था र बोर्डका रणनीतिक स्तम्भ अनुसार भइरहेका गतिविधि र आगामी लगानी सम्मेलनको सबै तयारी पूरा भएको जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार