चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा

अर्थ/बाणिज्य

काठमाडौं, १६ वैशाख । चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ । चीनले आगामी मे १ अर्थात वैशाख १९ देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग भिसा शुल्क नलिने घोषणा गरेको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दैभिसा शुल्क नलिने तर एक्सप्रेस फि र सर्भिस फि भने लिने जानकारी दिएको छ ।

दुताबासले भनेको छ( ुनेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन ९एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ० ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार